युनियन संघले सम्मान तथा प्रशिक्षण गर्ने

राष्ट्र न्यूज सम्वाददाता
माघ १, २०७५
49540987_1996329123756015_2295229814312796160_n

पोखरा, १ माघ । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा माघ ५ गते सम्मान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम पोखरा लेकसाइडस्थित कोमागाने पार्कमा हुने छ ।

कार्यक्रमको तयारीका लागि सुरेशकुमार श्रेष्ठको संयोजत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा संघको विकासका लागि योगदान दिने गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गरिने छ ।

प्रशिक्षणमा करिव पाँच सय जनाको सहभागिता रहने बताइएको छ ।

कार्यक्रम पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives