रगंशालामा वृक्षरोपण

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १, २०७६
rangasala

पोखरा ,१ भदौ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले वृक्षरोपण गरेको छ ।

संघले वार्षिक कार्यक्रम अन्तर्गत पोखरा रगंशालामा ३३ वटा बिरुवा रोपेको कार्यक्रम संयोजक दयाशंकर गौतमले जानकारी दिए ।

डिभिजन वन कार्यालय पोखराका प्रमुख रामकाजी श्रेष्ठले वृक्षरोपण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा उनले वृक्षरोपण गर्दा बिरुवा कसरी लगाउने र कत्तिको ठूलो खाडल बनाउनु पर्छ त्यस विषयमा ज्ञान हुनुपर्ने उल्लेख गरे । उनले व्यवसायलाई आधुनिकिकरण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले वृक्षरोपणका लागि रगंशाला रोजेकोमा खुशी व्यक्त गरे ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहाकार शिवप्रसाद पराजुलीले बिरुवा काट्ने मात्र नगरेर नयाँ बिरुवा रोप्ने र जोगाउनु पर्ने आवश्यकता औल्याए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले रगंशालाको सौन्दर्यका लागि समेत रगंशालामा गरिएको वृक्षरोपण महत्वपूर्ण हुने बताइन् ।

संघका अध्यक्ष गोविन्दबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु बरालले स्वागत र सचिव रेशम ज्ञवालीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives