रहस्यमय घटना, सुतेका चारमध्य दुई मृत अवस्थामा, एक घाइते, एक बेपत्ता, कसरी भयो त्यस्तो घटना ?

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७४
pokhara

पोखरा, १७ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको रहस्यमय घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ।

प्रहरीले घटनाको अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरेको छ भने वेपत्ता मजदुरको खोजी गरेको छ।

माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन्। अर्का एक घाइते छन् भने एक बेपत्ता।

चार जना एउटै कोठामा सुतेकोमा दुई जना मृत र एक जना घाइते अवस्थामा भेटिएको प्रहरीको भनाई छ। त्यस्तै, एक जना वेपत्ता छन्। उनीहरुको परिचय नखुलको प्रहरीको भनाई छ। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

३० वर्षभन्दा माथीका देखिने तीनै जनाको शरीरमा चोटपटक देखिएको प्रहरीले जानकारी दिएको छ।
शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको पनि हुन सक्ने प्रहरी अनुमान छ।तर, कसरी घटना भयो र यसको कारण के थियो केहि खुल्न सकेको छैन।

आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives