राँगाको आक्रमणबाट एक घाइते, गोली ठोकि राँगा मारियो

राष्ट्र न्यूज सम्वाददाता
पौष २८, २०७४
male-buffalo-carabao-dangerous-wildlife-51883692

पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।

राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् ।

बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो ।

गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

राँगालाई नियन्त्रणमा लिनको लागि १ राउण्ड गोलि प्रहार गरिएको प्रहरीले उल्लेख गरेको छ । गोली प्रहार गरेर राँगा मारिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives