रानाभाट परिवारद्वारा वृद्वाश्रमलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ५, २०७७
devendra

पोखरा, ३० असार । पोखरा २६ साँघुकोमुख निवासी रानाभाट परिवारले आमा खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा राधाकृण्ण वृद्वाश्रममा सहयोग गरेको छ ।

छोरा तारानाथ रानाभाट, देवेन्द्र रानाभाट, खिलेन्द्र रानाभाट, छोरी खिमादेवी रानाभाट र शिवकुमारी रानाभाटले सहयोग गरेका हुन् ।

उनीहरुले वृद्वाश्रमका ५३ जनालाई एक छाक भोजनसहित लत्ताकपडा, फलफूल, चियापत्ति, दुध, चिनी सहयोग गरेका हुन् ।

प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारीको एक सय वर्षको उमेरमा असार २३ गते निधन भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives