रामेछापमा पूर्व वडाध्यक्षको हत्या, ११ पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०७४
Ramechhap_district_location

पोखरा, १० पुस। रामेछापमा साविकको डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको छ ।

घटना आइतबार रातिको हो। तामाङको शव साविक डडुवा १ को लप्सीखोलामा ढुंगाले किचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हत्या कसले ग¥यो भन्ने खुलेको छैन ।

तामाङ आइतबार साँझ साथीहरुसँग तास खेल्न गएका थिए । ४८ वर्षीय तामाङ नेकपा एमालेबाट २०५४ सालमा डडुवा गाविस २ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान शु्रु गरेको छ।

हत्यामा संलग्न रहेको आशंकामा स्थानीय ११ जनालाइ पक्राउ गरेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives