लकडाउनको असर वृद्वाश्रममा पनि, खाद्यान्न अभाव

राष्ट्र न्यूज सम्वाददाता
असार १४, २०७७
ashram

पोखरा, १४ असार । लामो समयको लकडाउनका कारण पोखरा १४ बाच्छेबुडुवामा रहेको वात्सायन वृद्वाश्रममा अभाव सृजना भएको छ ।

लकडाउनका कारण सहयोगी पुग्न नसकेपछि वृद्वाश्रममा अभाव सृजना भएको हो । पछिल्लो समय वृद्वाश्रमका लागि खाद्यान्न अभाव हुन थालेको छ ।वृद्वाश्रमप्रति कुनै पनि सरकारले ध्यान र चासो दिएका छैनन ।

पोखरा महानगरपालिकाले लकडाउनदेखि अहिलेसम्म १ कार्टुन तेल, मास्क, सेनिटाइजर र थोरै मसला बाहेक केही दिएको छैन ।

‘सहयोगीहरुको सहयोगबाट नै वृद्वाश्रम सञ्चालन हुँदै आएको छ, लकडाउनपछि सहयोगीहरु आउँने वातावरण छैन, त्यसैले अभाव भएको छ, उपाध्यक्ष रेमश जिसिले भने, यत्ति बेला वृद्वाश्रम धान्न धौ धौ परेको छ ।’

सामान्य अवस्थामा विभिन्न सहयोगी व्यक्ति तथा संस्था विभिन्न अवसर र सन्दर्भ पारेर सहयोग गर्न वृद्वाश्रम पुग्ने गर्दथे । तर चैत्र र वैशाख महिनामा वृद्वाश्रमले सहयोग नै पाएन । प्रत्यक महिना करीब १२ देखि १५ व्यक्ति तथा संघसंस्था सहयोग गर्न वृद्वाश्रम पुग्ने गरेको अध्यक्ष बोधराज कार्कीको भनाइ छ ।

२०६७ सालमा स्थापना भएको वृद्वाश्रममा हाल २० जना वृद्ववृद्वा आश्रित छन् । वृद्वाश्रमलाई थप व्यवस्थित बनाउनका लागि प्रयास समेत भैरहेको अध्यक्ष कार्कीले बताए ।

वृद्वाश्रम संञ्चालनमा कठिनाइ भैरहेको बेला शनिवार भने वृद्वाश्रमले सहयोग पाएको छ ।

स्व. दयाराम अधिकारीको स्मृतिमा श्रीमती डल्ली अधिकारी र छोरी लक्ष्मी अधिकारीले २१ हजार एक सय ११ सहयोग गरेका छन् ।

त्यस्तै, पोखरा १४ चाउथेका धर्मराज केसी र विष्णु केसीले १५ हजार पाँच सहित मास्क र सेनिटाइजर सहयोग गरेका छन् ।
ति सहयोग वृद्वाश्रमका अध्यक्ष बोधराज कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष कार्कीले सहयोगदाताको सहयोगबाट वृद्वाश्रम सञ्चालन हुँदै आएको बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives