लायन्स अन्नपूर्णको खानेपानी ट्यांकी निर्माण अभियान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २९, २०७४
30653251_1878864655479841_1944517765767364608_n

पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सरकारी विद्यालयहरुमा खानेपानी ट्यांकी निर्माण अभियान तिव्रताका साथ अघि बढाएको छ ।

सरकारी विद्यालयका विद्यार्थीहरुलाई शुद्व खानेपानी उपलब्ध गराउने उदेश्यले स्वीस प्रविधिको खानेपानी ट्यांकी निर्माण अघि बढाएको हो ।

सन् २०१७÷२०१८ मा पाँच वटा विद्यालयमा ट्यांकी निर्माण गरेको क्लबका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए ।
सामाजिक कार्य अन्तर्गत यो अभियान अघि सारेका हौं अध्यक्ष पोखरेल – ‘खानेपानी ट्यांकी नभएका सरकारी विद्यालयहरुलाई सहयोग गर्ने गरेका छौं।’

दश हजार लिटर क्षमताको ट्यांकी निर्माणका लागि करिव दुई लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म खर्च हुन्छ । ट्यांकी निर्माणको खर्च विभिन्न देशका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट कटाएर उपलब्ध गराउने र निर्माण कार्यमा समेत संलग्न हुने गरेका छन् । सो कार्यका लागि इन्गेजिङ योङ ग्लोबल सिटिजन इन सोसल सर्भिसले सहजीकरण गरेको छ ।

यसैवीच, क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ स्थित कन्या माविमा खानेपानी ट्यांकी निर्माण गरी बिहीबार हस्तान्तरण गरेको छ।

लायन्स क्लबका डिष्ट्रिक गभर्नर धनराज आचार्यले खानेपानी ट्यांकीको उद्घाटन गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर आचार्यले लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसागर्दै लायन्सहरुले सामाजिक कार्य कसरी सम्पादन गर्ने भन्ने विषय यस क्लबबाट सिक्नुपर्ने उल्लेख गरे ।

क्लबका पूर्वअध्यक्ष सोनाम साङ्पोले क्लबको यो अभियानले सरकारी विद्यालयहरु लाभान्वित भएको र लायन्सप्रति जनमानसमा सकारात्मक प्रभाव परेको बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी र क्लबका पूर्वअध्यक्ष ध्रुव श्रेष्ठले बोलेका थिए ।

कार्यक्रमको संचालन क्लबका सचिव सूर्यप्रसाद बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives