लायन्स उन्नती चौतारीद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३२, २०७७
117821467_1382208302110931_9143525089479848907_o

पोखरा, ३२ साउन । लायन्स क्लब अफ पोखरा उन्नती चौतारीले सहयोग हस्तान्तरण गरेको छ ।

क्लबले मादि गाउँपालिका वडा नं १२ की मृर्गाैला पीडित बुद्विमाया गुरुङलाई आर्थिक सहयोग गरेको छ । उनलाई १५ हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो ।

त्यस्तै क्लबले लिपेयानीको हिमालय आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहित एक हजार पाँच सय थान माक्स सहयोग गरेको क्लबका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए ।

‘मानवीय र सामाजिक सेवा नै हाम्रो लक्ष्य हो अध्यक्ष बराले भने, सहयोगको अभियानमा हामी जुटिरहने छौं ।’

कार्यक्रम लायन्स क्लब ३२५ वी वानका सिनियर एहुजी बालकृष्ण बरालको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा जोन चियर पर्सन जितबहादुर थापा ‘गोपाल’, मादी १२ का वडाध्यक्ष चित्रबहादुर गुरुङ, नेकपा मादी गाउँपालिका अध्यक्ष कृष्ण दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र गुरुङ र प्रधानाध्यापक नगेन्द्र गौतमले बोलेका थिए ।

क्लबका अध्यक्ष कृष्णचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र सेढाईले स्वागत र सचिव सुरेश जिसीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives