लायन्स क्लबद्वारा अपाङ्गता भएकालाई व्हिल चेयर सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार १७, २०७५
DSC00963

पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा सुन्दर नगरी र लायन्स क्लब अफ पोखरा दर्शनले पोखरामा आइतबार अपाङ्गता भएका चार जनालाई व्हिल चेयर प्रदान गरेका छन् ।

ती दुई क्लबले अपाङ्गता भएका वीरबहादुर गुरुङ, दीर्घसिंह घले, डोलप्रसाद ढकाल र जीवन गिरीलाई व्हिल चेयर प्रदान गरेका हुन् । उनीहरुलाई ३० हजार मूल्य बराबरको व्हिल चेयर सहयोग गरिएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टिक ३२५ बी वानका पिएमसिसि एमजेएफ दीपक श्रेष्ठ, डिष्टिक चिफ एड्भाइजर ध्रुव श्रेष्ठ, डिजेवल एड कमिटी चेयर पर्सन सोनाम साङ्पो, रिजन चेयर पर्सन नवीन भण्डारी र जोन चेयर पर्सन गोविन्दबहादुर शाहीले व्हिल चेयर हस्तान्तरण गरेका थिए ।

चार वटा व्हिल चेयर मध्यको एउटा लायन्स क्लब अफ पोखरा दर्शनकी संस्थापक अध्यक्ष शोभा न्यौपानेले स्व. पिताको स्मृतिमा सौजन्य गरेकी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टिक ३२५ बी वानका पिएमसिसि एमजेएफ दीपक श्रेष्ठले लायन्सले सेवामूलक अभियान संचालन गर्र्दै आएको बताए ।

त्यसअवसरमा डिजेवल एड कमिटी चेयर पर्सन सोनाम साङ्पो र रिजन चेयर पर्सन नवीन भण्डारीले बोलेका थिए ।
सोही कार्यक्रममा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका सन् ०१७÷०१८ का अध्यक्ष शिव थापा मगरले सन् ०१८÷०१९ का अध्यक्ष शोभाखर भण्डारी सहितका पदाधिकारी एवं सदस्यहरुलाई कार्यभार हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका अध्यक्ष शोभाखर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा दर्शनकी अध्यक्ष सञ्जु भुषाल भण्डारीले स्वागत र सुन्दर नगरका सचिव बाबुराम पाण्डेले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives