लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीद्वारा विद्यार्थीलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७५
Lions-Club-Maoutain-View-City-786×590

पोखरा, २३ मंङ्सिर । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले पोखरा महानगरपालिका वडा नं १६ हरिपाउस्थित हरिसिद्वि आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीलाई स्वीटरलगायत टोपी, ट्राउजर, हाइनेक, मोजा, चप्पल, कापी, पेन्सिल, इरेजर, साबुन, मन्जन, ब्रस र झोला वितरण गरिएको थियो । कार्यक्रम जोन चियर पर्सन दिपक घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो ।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव तिमिल्सिना, प्रधानाध्यापक खडानन्द आचार्यलगायतले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीका अध्यक्ष टिकाराम सुवेदी (माधव)को अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष बलराम आचार्यले स्वागत र सचिव माधव तिमिल्सिनाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives