लायन्स माउण्टेन भ्यू सिटीद्वारा बृक्षरोपण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०७५
DSC01169

पोखरा, १२ साउन । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीले पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा शनिवार बृक्षरोपण गरेको छ ।

स्थानीय कालिका मावि परिषरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ७० बिरुवा रोपिएको छ । हालै स्थापना भएको क्लबले बृक्षरोपणबाट आफ्नो कार्य शुरु गरेको हो ।

रिजन चेयर पर्सन शिव श्रेष्ठले क्लबका अध्यक्ष टिकाराम ‘माधव’ सुवेदीलाई बिरुवा हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा रिजन चेयर पर्सन श्रेष्ठले लायन्सले समाजको आवश्यकता हेरी त्यसै अनुरुपका काम गर्दै आएको बताए ।

जोन चेयर पर्सन दीपक घिमिरेले यसवर्ष लायन्सले वातावरण संरक्षणका लागि सरकारसँग सहकार्यको तयारी गरेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले विद्यालयका लागि सहयोग जुटाईदिन आग्रह गरे ।

डिष्टिक कमिटी मेम्बर मिनराज काफ्लेले सवैको सरोकारको क्षेत्र वातावरण सम्वन्धी गतिविधिबाट आफ्ना कार्य शुरु गरेकोमा क्लबको भविष्य उज्वल रहेको बताए ।

लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीका अध्यक्ष टिकाराम ‘माधव’ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बलराम आचार्य, द्वितिय उपाध्यक्ष हरिप्रसाद अधिकारी र सचिव माधव तिमिल्सिना बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives