लायन्स र कारितासद्वारा सचेतना कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १४, २०७५
DSC01173

पोखरा, १४ साउन । पोखरामा आइतबार रसायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असर बारे सचेतनामूलक कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ पोखरा पिस टाउन र कारितास नेपाल पोखराले संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं ७ स्थित श्रीकृष्ण माविमा कार्यक्रम गरेकोे हो ।

कार्यक्रममा नाटकको माध्यमबाट विषादीले मानवस्वास्थ्य र पर्यावरणमा पार्ने असर तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराइएको कारितास नेपाल पोखराकी प्रमुख शोभा आचार्यले जानकारी दिईन् । विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले रुचिपूर्वक नाटक अवलोकन गरेका थिए ।

डिष्टिक एड्भाइजर किशोर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा श्रीकृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, प्रधानाध्यापक केदारनाथ अधिकारीले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष डा. बिनिता कोइराला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सिता तिमिल्सिना सुवेदीले संचालन गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives