लोक दोहोरी पारखीका लागि घिमिरेको ‘म तिम्रो काले’

राष्ट्र न्यूज सम्वाददाता
पौष २०, २०७४
padam sir news photo

पोखरा, २० पुस । लोक गायक पदमराज घिमिरेको ‘म तिम्रो काले’ बोलको लोक दोहोरी गित डिजिटल स्टार पोखराले बजारमा ल्याएको छ।

पोखरामा २०६० सालदेखि पत्रकारितामा सक्रिय पोखरा लेखनाथ २६ अर्घौचोक निवासी उदासीको यो पहिलो गित भएता पनि सानै उमेर देखि गीत संगीतमा रुचि राख्थे। पत्रकारिता साथसाथै दोहोरी साँझहरुमा समेत उनले आफ्नो प्रस्तुति दिई सकेका छन् ।

उनै संचारकर्मी तथा गायक पदमराज घिमिरे उदासी र आशा बिसीको स्वर रहेको उक्त गितमा एल. पी. ढकालको लय र हरिश्चन्द्र पौडेलकोे शव्द रहेको छ । तारानाथ आर्चायले एरेन्ज गरेका हुन्। हालै मात्र बजारमा आएको अडियोलाई स्रोताहरुले निकै रुचाए पश्चात म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

अडियोलाई जस्तै भिडियोलाई पनि दर्शक तथा स्रोताले रुचाउनेमा आफू आशावादी रहेको गायक घिमिरेको भनाई छ । उक्त म्युजिक भिडियोलाई शिव भुर्तेलको निर्देशन, गणेश सापकोटाले छायाकंन र निर्देशन तारानाथ आर्चायले गरेका छन् । उक्त म्युजिक भिडियोमा मोडलहरु बिकास रम्तेल र रुविना अधिकारीले अभिनय गरेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives