विभिन्न व्यत्तिद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार ११, २०७७
Khatun

पोखरा, ११ असार । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी एलिशा केसीले स्कूल टोलमा सहयोग गरेकी छन् ।
उनले मृगौला रोगी धनबहादुर गुरुङलाई खाद्यान्न र मास्क तथा टोलबासीलाई मास्क वितरण गरेकी हुन् ।

त्यस्तै, उनले राधाकृष्ण मन्दिरलाई तिन बोरा चामल सहयोग गरेकी थिइन् । लकडाउनपछि समस्यामा परेकालाई सहयोग गरेको बताइन् । उनी मातृभूमि लागि नेपाली पोखरा ३२ की संयोजक हुन् ।

त्यस्तै, अष्टेलियामा रहेकी सुजना श्रेष्ठले मुस्लिम समुदायलाई सहयोग गरेकी छन् । उनले समस्यामा परेका २२ परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन् ।

पोखरा मियाँपाटन निवासी सजना खातुनले पोखरा ३२ स्थित राधाकृष्ण बृद्वाश्रमका रहेका ५१ जना वृद्ववृद्वालाई खाद्यान्न र फलफूल वितरण गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives