विमान दुर्घटना बारे घाइते र प्रत्यक्षदर्शी यसो भन्छन्

राष्ट्र न्यूज सम्वाददाता
फागुन २८, २०७४
29063559_2091717184394118_6610802121426075648_n

पोखरा, २८ फागुन। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको विमान दुर्घटनामा परी ठुलो मानवीय क्षति भएको घटनाले सवैलाई दुखित् बनाएको छ ।

यो समाचार तयार पार्दा  घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो घटनाको सत्यतथ्य खोजी विज्ञ सहितको टोलीले गर्ने छ। तर घटनालाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ भने घटनाका बारेमा घाइतेहरुले बोल्न थालेका छन् ।

घाइतेका अुनसार, विमान एक्कासी जोडले हल्लिएर भुइमा बजारिएको थियो । प्रत्यक्षदर्शीका अनुसार, विमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो ।

एक घाइतेले भने – ‘विमानबाट ओर्लन केहि समय मात्र बाँकी रहदाँ सबथोक अचानक भयो।’

६७ यात्रु र चालक दलका चार जना सदस्य सहित बंगलादेशको ढाकाबाट काठमाडौं उडान भरेको यूएस बङ्लादेश एयरलाईन्सको विमान दिउँसो २ बजेर २० मिनेटमा दुर्घटनाग्रस्त भएको हो । ६७ मध्य ३३ जना नेपाली थिए ।

घाईतेमध्ये १२ जनाको केएमसी, ५ जनाको नर्भिक अस्पताल, ३ जनाको ग्रान्डी अस्पताल तथा ओम अस्पताल र मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives