वीपी शालिकमा माल्यार्पण र नेपाली काँग्रेस जिन्दाबाद भन्दै उम्मेदवारी दर्ता

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७४
DSC00552

पोखरा, १० माघ । नेपाल काँग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ।

यसप्रदेशबाट काँग्रेसले खुल्लातर्फ सुरेन्द्र पाण्डे, महिलातर्फ बृन्दादेवी राना मगर, अपाङ्गतातर्फ प्रकाश पन्त र दलिततर्फ जीतबहादुर नेपालीको उम्मेदवारी दर्ता गराएको हो।

उम्मेदवारी दर्ता पूर्व पोखरा चिप्लेढुङस्थित नेपाली काँग्रेस कास्कीको कार्यालयमा नेता तथा कार्यकर्ता भेला भएर उम्मेदवारलाई शुभकामना दिएका थिए।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा र कुमार खड्का लगायतले उम्मेदवारलाई माला लगाइदिएर शुभकामना दिएका थिए।

उम्मेदवारी दर्तापूर्व चिप्लेढुङ्गामा रहेको वीपी शालिकमा माल्यार्पण गरी नेपाली काँग्रेस जिन्दावाद भनेर नारा लगाइएको थियो।

उम्मेदवारी दर्ताका लागि उम्मदवारसँगै यसक्षेत्रका नेता तथा कार्यकर्ता क्षेत्रीय निर्वाचन कार्यालयमा पुगेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives