वीरेठाँटीको फागुपूर्णिमा मेलामा दर्शक सहभागिता बढ्दो

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०७४
28537449_1372761096163011_496984428_n

हेमजा, २० फागुन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु भएको फागुपूर्णिमा मेलामा दर्शकको सहभागिता बढ्दै गएको छ ।

सुरुका दिनको तुलनामा मेला हेर्न दर्शकको चाप बढेको आयोजकले जनाएको छ । मेलामा दर्शको सहभागिता बढ्दै गएको छ क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘बढ्दो सहभागितासँगै हामी उत्साहित बनेका छौं ।’

मेला हेर्नकै लागि अन्नपूर्ण गाउँपालिकाका अन्य छिमेकी वडा, माछापुच्छे« गाउँपालिका, पर्वतको मोदी गाउँपालिका लगायत पोखरा महानगरपालिकाबाट समेत मानिसहरु त्यहाँ जाने गरेका छन् । स्थानिय वीरेठाँटी युवा परिवारको आयोजनामा भइरहेको उक्त मेला सोमबार सकिदैछ।

मेला अन्र्तगत शनिवार सम्ममा पुरुष भलिवल तर्फको पहिलो चरणका सम्पुर्ण खेलहरु सकिएका छन् । मेलामा शनिवार पोखरेली धुमुर्स र माग्ने बुढा लगायत लोकदोहोरी कलाकारहरु जीवन दाहाल, राजन गुरुङ र सविना गुरुङले प्रस्तुती राखेका थिए ।

मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी सहित साँस्कृतिक कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives