व्यक्ति हावि हुदाँ पार्टी कमजोर ः परियार

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३०, २०७४
tred union news pic 01

पोखरा, ३० चैत । नेपाली काँंग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँंग्रेस प्रदेश नं ४ को प्रथम अधिवेशनको पोखरामा शुक्रबार उद्घाटन गर्दै नेपाली काँग्रेसमा व्यक्ति हावी हुँदा संगठन कमजोर भएको बताए ।

प्रदेश संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता परियारले ट्रेड युनियन काँग्रेसलाई रचनात्मक काम गरेर देखाउन अनुरोध गरे ।

पार्टीमा भएको श्रमिक विभागलाई जुझारु र क्रियाशील बनाउन स्वयं मजदुर नै लाग्नुपर्ने उनको भनाई थियो ।

काँंग्रेस नेतृत्वमा २०१६ देखि सुरुआत गरेको श्रम ऐनदेखि २०४८ साल र वर्तमान सभापति शेरबहादुर देउवाले ल्याएको योगदानको आधारमा सामाजिक सुरक्षा ऐन परित गरेको विषय जनतासामू ल्याउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

पार्टी प्रति केन्द्रित हुँदै नेता परियारले समृद्धिको सपना पूरा गर्न पार्टीको विधान र क्रियाशील सदस्यता अभिलेख परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो चुनावलाई समीक्षा गर्दै केन्द्रीय सदस्य परियारले ६ सय क्रियाशील सदस्य भएको बुथमा ३ सय ५० प्यानल मत खस्नु पार्टी हित विपरित र अनुशासनको कमजोरी भएको बताए ।

नेपाली काँंग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले काँंग्रेसमा व्यक्ति बन्ने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
पार्टी प्रति कडा अभिव्यक्ति दिँदै नेता कुँवरले नेतृत्वमा एक मत नहुँदा वामपन्थीसँग लड्न नसकेको धारणा राखे । पार्टी कार्यकर्ता निरास बनेको अवस्थामा नयाँ नीति र योजनामा काँग्रेसलाई हिडाउनु पर्नेमा जोड दिँदै एक्लै हिडेर कोहीपनि शिखरमा पुग्न नसक्ने उल्लेख गरे ।

प्रदेश सचिव मधुकर काफ्लेको सञ्चालन र नेपाल ट्रेड युनियन काँंग्रेस कास्कीका अध्यक्ष विजय भण्डारीको स्वागतमा सुरु भएको अधिवेशन उद्घटन सत्रमा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेका कास्की सभापति कृष्ण केसी, नेतृ बृन्दादेवी राना, शारदा पौडेल, नेका कास्की सचिव सुदीपमोहन भट्टराई, क्षेत्रीय सभापति विजयराज आचार्य, नेपाल ट्रेड युनियन काँंग्रेसका केन्द्रीय नेता सकुन्तला शर्मा, केन्द्रीय सदस्य ललित श्रेष्ठ, ईश्वर परियार, केन्द्रीय सदस्य कमला लामिछाने, नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ का अध्यक्ष किरणबाबु पन्त, नेपाल ट्रेड युनियन काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी, मजदुर नेता केशव भट्टराई, प्रदेश उपाध्यक्ष इन्द्रबहादुर महतो, जिफन्टका नेता रुद्र खत्री लगायतले मजदुरको समस्या हल गर्न सवै एकमत हुनुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives