संकटका बेला विपन्न परिवारका माझ तरुण दल कास्की

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २२, २०७६
Tarun 1

पोखरा, २१ चैत । लकडाउनका कारण गरीब तथा विपन्न वर्गका नागरिकलाई खाद्यान्न संकट पर्न थालेपछि तरुण दल कास्कीले राहत वितरण गर्न थालेको छ ।

संकटका बेला नागरिकका सकेको सहयोग गर्नु कर्तव्य भएको भन्दै तरुण दल कास्की गरीब तथा विपन्न जनताका माझमा पुगेको छ ।

लकडाउनपछि आफ्नै स्रोतसाधनको प्रयोग गरी बिरामीलाई सहयोग गर्दै आएका तरुण नेता महेन्द्र भाञ्जा पुनले राहत वितरण संयोजन गरेका थिए ।

तरुण दल कास्कीले पोखरा ५ का २५ र पोखरा ४ का ४० परिवारलाई खाद्यान्न सहयोग गरेको थियो । ति परिवारका लागि चामल, दाल, नुन, तेल लगायत खाद्य सामग्री सहयोग गरिएको तरुण दल कास्कीका सहसचिव पुजन थकालीले जानकारी दिए ।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, संयोजक महेन्द्र भान्जा पुन, पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोला, नेपाली काँग्रेस पोखरा ४ का सभापति गोविन्द पराजुली, पोखरा ५ का पार्टी सभापति फणिन्द्र पराजुली, विद्यार्थी नेता गोविन्द लामिछाने, आशिक गुरुङलगायतले राहत वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives