संचारकर्मी रेनुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ११, २०७६
renu 2

पोखरा, ११ साउन । संचारकर्मी रेनु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामग्री वितरण गरेकी छन् ।

पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिब ३० जना बालबालिकालाई उनले सामग्री वितरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जन्मदिनका अवसरमा विभिन्न होटलमा तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई रेनुको यो कार्यले समाज परिवर्तनमा सन्देश भएको बताए ।

उनले भने,‘सरकारले सामाजिक सुरक्षा बृद्धबृद्धालाई लक्षित गरिरहेको अवस्था छ , त्यसको आवश्यकता सडक बालबालिका, सुत्केरी महिला तथा समाजका अरु अनेकौं क्षेत्रमा पनि छ।’ यस्ता खालका सहयोगले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन व्यवसायी गोविन्दराज पहारीले जन्मदिनको अवसरमा ससाना बालबालिकासँग मनाउनु राम्रो कार्य भएको प्रशंसा गरे । उनले समाजमा यस्ता खालका गतिविधिहरु अरुले पनि सिक्न जरुरी भएकोमा जोड दिए ।

पोखराको माछापुच्छ्रे एफएमकी स्टेसन म्यानेजर समेत रहेकी रेनुले आफूले सञ्चार क्षेत्रमा प्रवेश गरेसँगै यसरी जन्मदिन मनाइरहेको बताइन् । उनले भनिन्, ‘सञ्चार क्षेत्रमा प्रवेश गरे देखिनै यसरी विभिन्न क्षेत्रमा सहयोग गरीरहेकी छु ,यसले मलाई आत्मसन्तुष्टि मिल्छ ।’

केन्द्रका अध्यक्ष अनिलजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु केसीले स्वागत र ललिता ढुङ्गानाले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives