संयोजक चालिसेद्वारा प्रेस युनियन कास्कीलाई ज्याकेट सहयोग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २८, २०७७
IMG_3984

पोखरा, २८ साउन । जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी बसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् ।

नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री शुसील कोइरालाको जन्मजयन्ति पारेर बुधबार ज्याकेट हस्तान्तरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि संविधान सभा सदस्य शारदा पौडेल र संयोजक बसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई ज्याकेट हस्तान्तरण गरेका थिए । प्रदान गरिएका ति ज्याकेट सोही कार्यक्रममा २७ जना पत्रकारलाई वितरण गरिएको थियो ।

पत्रकारको पहिचानका लागि र पत्रकारलाई प्रोत्साहन गर्न ज्याकेट प्रदान गरेको चालिसेको भनाइ छ । मलाइ पत्रकारिता क्षेत्र सारै मन पर्छ, संयोजक चालिसले भने, पत्रकारले समाजका लागि निर्वाह गरेको भूमिकालाई सबैले सम्मान गर्नुपर्छ ।

कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेलले लोकतन्त्र स्थापनाका लागि संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

जीपी कोइराला फाउण्डेशन गण्डकीकी संयोजक समेत रहेकी पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले पत्रकार र पत्रकारिता क्षेत्रको संरक्षणमा सरकारको विशेष योजना आवश्यक रहेको औल्याए ।

नेपाली काँग्रेस क्षेत्र नं २ (क) कास्की सभापति विजयराज आचार्यले कोरोना महामारीको समयमा पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले महामारीको बेला समेत पत्रकारले जनतालाई सुुसुचित गर्दै कर्तव्य पूरा गरेको उल्लेख गरिन् ।

जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक बसन्त चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य चन्द्रावती वाग्लेले स्वागत र सदस्य शिव बास्तोलाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives