सकियो फेवा एमयुएन

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७४
fewa mun

पोखरा, ५ फागुन। पोखरामा शुक्रबारदेखि शुरु भएको फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण सकिएको छ।

युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि थिए।

शुक्रबार र शनिवार चलेको कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिएको थियो।

संयुक्त राष्ट्र संघको पहिलो कमिटीको अन्र्तराष्ट्रिय सुरक्षाका लागि निशस्त्रीकरण अन्तर्गत साइबर सुरक्षा र चुनौती तथा दोसं्रो कमिटीको समाज, संस्कृति र मानवीयता अन्तर्गत बाल यौन शोषण र देह व्यापार विषयमा छलफल गरिएको हो।

सहभागि प्रत्यक युवाले कुनै एक राष्ट्रको प्रतिनिधित्व गरी आफ्नो समूहमा परेको विषयमा धारणा राखेका थिए।

विश्वव्यापी समस्याको पहिचान र समाधानका लागि जसरी संयुक्त राष्ट्र संघले देशहरुवीच छलफल चलाउछ त्यसैको झल्को दिने गरी युवाहरुवीच छलफल गरिने भएकाले कार्यक्रमको नाम नमुना संयुक्त राष्ट्र संघ राखिएको हो।

दुवै समूहका विषयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट कुशलता प्रदर्शन गर्ने ६ जनालाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेहरुमा सुस्मिता सिग्देल, सुदीप रेग्मी, सुगम महत, कुुसुम सुवेदी, ओम सुशान्त कार्की र नवीन पौडेल छन्। त्यस्तै, सहभागिमध्येबाट कुश्मा केसीलाई बेष्ट ग्लोबल रिच अवार्ड प्रदान गरिएको छ।

ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सी पोखराकी प्रमुख सरीता गुरुङ र युवा वैचारिक समाज कास्कीका अध्यक्ष मिलन पौडेल लगायतले उनीहरुलाई पुरस्कृत गरेका थिए।

सन् २०१६ देखि कास्कीमा काम गरिरहेको युवा वैचारिक समाजले यसअघि फेवा एमयुएन र पोखरा एमयुएनको पहिलो संस्करण गरिसकेको छ।समाजले युवालाई लक्षित गरी अनुसन्धात्मक, बहसमूलक कार्यक्रम समेत गर्ने गरेको छ।

त्यस्तै,समाज रुपान्तरका लागिका लागि युवाहरु प्रेरित गर्ने खालका कार्यक्रममा जोड दिने गरेको छ। त्यसै हरेक महिना पोखरा बोल्छ कार्यक्रम गर्दै आएको सदस्य सामना बरालले जानकारी दिईन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives