सकियो स्वस्थानी व्रत

राष्ट्र न्यूज सम्वाददाता
माघ १७, २०७४
unnamed

पोखरा, १७ माघ। पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रतको आज विधिवत समापन गरिएको छ ।

व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ ।

व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

आज व्रत समापन नगर्ने व्रतालुले भने फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत समापन गर्न सक्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives