सफल बन्न मन छ किन छैन ? छ भने यसो गरौं

राष्ट्र न्यूज सम्वाददाता
पौष १५, २०७४
Success concept.

Illustration depicting a green roadsign with a success concept. Blue sky background.

यस्तो छ सफलताको सूत्र, जसले पुर्याउछ तपाईलाई लक्ष्यमा । जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ। के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं सफल भएर नै आफ्नो फरक लक्ष्य बनाउन सक्नुहुन्छ ।

संसारमा दुईथरी मानिस छन् : सफल र असफल । सफल मानिसले के गरेर लगातार सफलता हासिल गरेका हुन् अनि असफल मानिसले कुन गल्ती बारम्बार दोहो–याएर असफल भइरहेका हुन् ?

तपाईं पनि सफल बन्न चाहनुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्छ । के हुन् ती कुरा ?

सही लक्ष्य तपाईं आफूवरिपरिको वातावरणबाट प्रभावित भएर गलत लक्ष्य छान्न सक्नुहुन्छ । नबुझेको र रुचि नभएको क्षेत्रलाई तपाईंले छान्न सक्नुहुन्छ ।

यसो हुँदा तपाईं अघि बढ्नुको साटो पछि पर्दै जानुहुन्छ । त्यसैले आफ्नो रुचि रहेको र बुझेको क्षेत्र नै छान्नुहोला । एकाग्रता आफ्नो रुचिको लक्ष्य निर्धारण गरेपछि त्यस लक्ष्यलाई पाउनका लागि तपाईंमा एकाग्रता हुनु जरूरी हुन्छ । तपाईंको दृष्टि लक्ष्यसँग जोडिएका सबै कुरामा हुनुपर्छ । एकाग्रता सफल व्यक्तिहरूको गुण हो ।

शक्ति प्रयोग आचार्य चाणक्यको नीति अपनाएर तपाईं आफ्ना लागि सफलताको बाटो खोल्न सक्नुहुन्छ । यस नीतिअनुसार जुन काम गरेपनि पूरै शक्तिका साथ गर्नुपर्छ । जतिसुकै ठूलो वा सानो काम भएपनि शक्ति लगाएर गर्नुपर्छ । अवश्य सफल भइन्छ ।

जिम्मेवारी वहन सफल व्यक्तिहरू आफूले उठाएका हरेक कदमको जिम्मेवारी आफैं लिन्छन् । यसो गर्दा उनीहरूमा निर्णयप्रति सतर्कता बढ्छ र सोचविचार गरेर कुनै लक्ष्यसम्म पुग्ने गुण विकसित हुन्छ । यसबाट नै सफलताको सिँढी चढ्न सजिलो हुन्छ ।

असफल मानिसहरू नबुझिकनै हतारमा निर्णय लिन्छन् र अपेक्षाविपरीतको परिणाम आएमा त्यसको दोष अरूमाथि थोपर्छन् ।  विवेकशील मानिसले गल्ती दोहो–याउँदैन । सफल हुनका लागि गल्तीबाट सिकेर अघि बढ्नु आवश्यक हुन्छ । त्यस्तै समयको भरपूर सदुपयोग गर्ने, सफल मानिसको संगत गर्ने, सकारात्मक दृष्टिकोण राख्ने, आफूमाथि विश्वास गर्ने मानिस पनि सफल हुन्छन्। एजेन्सी

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives