सबै करोडपति भएको गाउँ

राष्ट्र न्यूज सम्वाददाता
पौष २, २०७४
Gujarat-India

दक्षिण एशियाका गाउँ आमरुपमा कच्ची घर, कच्ची सडक र पछौटेपनको रुपमा चिनिन्छन् । तर भारतको गुजरात प्रदेशमा दर्जनौं यस्ता गाउँ छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनिन्छ ।

कच्छ इलाकाको बल्दिया गाउँलाई गुजरातको सबैभन्दा धनी गाउँ भनिन्छ । चौडा सडक, ठूला र सुन्दर घर यस गाउँको समृद्धिको परिचय दिन्छ । यहाँको सुन्दरता र समृद्धिले कुनै युरोपेली गाउँमा बसिरहेको भ्रम पैदा गरिदिनसक्छ ।

यो गाउँ अत्यन्त खुसी, सुखी र समृद्धिको हिसाबमा कयौं शहरहरुभन्दा राम्रो छ । यहाँका गाउँलेहरुको अरबौं रुपैयाँ बैंकमा ब्यालेन्स छ ।

विदेशमा पनि सम्पत्ति

स्थानीय पत्रकार गोविन्द केराइ भन्छन्, ‘यहाँका ८ वटा बैंकहरुको दुई वर्षको तथ्यांक हेर्ने हो भने डेढ हजार करोड रुपैयाँ जम्मा भएको देखिन्छ । हुलाकी बैंकमा पनि मानिसहरुले पाँच सय करोड भन्दा बढी रकम जम्मा गरेर राखेका छन् ।’

गाउँका कयौं भवनमा ताला लागेको देखिन्छ । स्थानीयबासी देवजी विजोडियाका अनुसार यहाँका धेरै मानिसहरु विदेशमा बस्दछन् ।

उनी भन्छन्, ‘म केन्याको हुँ । नजिक बसिरहेका उनीहरु व्रिटेनमा बस्दछन् । हामीहरुको घर त्यहाँ पनि छ र यहाँ पनि । हामीहरु वर्षमा दुई-तीन महिना यहाँ आएर बस्दछौं । हाम्रा बच्चाहरु विदेशमा बस्दछन् ।

गाउँमा ९ बैंकका शाखा

भुज शहरको नजिक यस्ता कयौं गाउँ छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनिन्छ । बल्दिया भन्दा केही पर माधापुर गाउँ छ जो आफ्नो खुसीयालीको लागि टाढा-टाढासम्म चिनिन्छ । यस गाउँमा ९ वटा बैंकहरुका शाखा छन् र दर्जनौं एटिएम छन् ।

एक स्थानीय किसान खेमजी यादवले भने यहाँका धेरैजसो करोडपति छन् । उनी भन्छन्, ‘यहाँ सबै धनवान छन्, करोडपति छन् । मानिसहरु बाहिर कमाउँछन् र यहाँ पैसा ल्याउँछन् ।’

गाउँमा बसेकाहरु धेरैजसो पटेल बिरादरीका हुन् । बल्दिया गाउँ निवासी जादव जी गरेसिया एक कन्स्ट्रक्स कम्पनीका मालिक हुन् । उनको परिवार पहिलेदेखि नै विदेमा थियो । उनी भन्छन् यहाँको पुस्तैनी पेशा कृषि हो । तर आजको दिनसम्म यहाँका धेरै व्यक्ति कयौं मुलुकमा फैलिएका छन् ।

उनी भन्छन्, ‘यस गाउँका मानिसहरु अफि्रका, खासमा नैरोबीमा धेरै छन् । केही मानिसको बसोबास वि्रटेनमा पनि छ । धेरै जना सेशेल्समा पनि छन् । अब अष्ट्रेलियामा जान थालेका छन् ।’

बुढाबुढी धेरै, नौजवान कम

यहाँका मानिसहरुले वर्षौंसम्म विदेशमा मेहेनत गरेपछि सफलता हासिल गरे र सम्पत्ति कमाए । माधापुर गाउँका प्रमुख प्रमिला बेन अर्जुन पुडिया भन्छिन् यसपछि पनि मानिसहरुले गाउँसँग आफ्नो सम्बन्ध कायमै राखेका छन् । उनी भन्छिन्, ‘मानिसहरु आफ्नो परिवारका साथ जान्छन्, त्यहाँ धन सम्पत्ति कमाउँछन् । तर आखिरमा यहीँ आएर बस्छन् ।’

यी गाउँमा युवा कम र बुढाबुढी धेरै देखिन्छन् । एक छात्रा पि्रयंकाका अनुसार गाउँका अधिकतम नौजवान विदेशमा छन् । उनी भन्छिन्, ‘आमा-बुवा यहाँ आइहाल्छन् । अब यहाँ पनि पनि सबै सुविधाहरु छन् । यहाँ पनि पैसा छ । त्यसैले अब केही नैजवान यहाँ पनि रहन बस्न थालेका छन् र यहीँ ब्यापार गरिरहेका छन् ।’

लगभग एक सय वर्ष अघि यहाँका बासिन्दा व्यापार र राम्रो जिन्दगीको खोजीमा विदेश गएका थिए । त्यहाँबाट एक राम्रो सोच र आर्थिक सम्पन्नतासहित फर्किए । र, त्यसलाई अघि बढाए ।

यो सुख केबल यही गाउँमा मात्र सीमित छैन । यहाँबाट लगभग २० किलोमिटर टाढा गुजरातको भुज शहरमा पनि छ जुन भारतको सुखी शहरमा चिनिन्छ ।

–बीबीसी हिन्दीबाट

Related News

सम्बन्धित समाचार

Archives

Archives