समाजसेवी गुरुङद्वारा जन्मदिनमा खाद्यान्न सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७७
14

पोखरा, १४ जेठ । पोखरा १३ वीपी मार्ग निवासी समाजसेवी नारायण गुरुङले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङले पोखरा १४ काजीपोखरीस्थित जलेश्वर टोलका गरीब तथा विपन्न ५५ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

गुरुङले चामल, तेल, नुन गरी ७० हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए ।

‘जन्मदिनमा फजुल खर्च नगर्न सबैलाई सन्देश दिदै सहयोग गरेको हुँ, गुरुङले भने, लकडाउनका कारण नराम्ररी प्रभावित  बनेका नागरिकलाई सहयोग गर्न पाउँदा खुशी छु।’

Related News

सम्बन्धित समाचार

Archives

Archives