समाजसेवी दाहालको स्मृतिमा छात्रवृत्ति वितरण

राष्ट्र न्यूज सम्वाददाता
माघ २३, २०७४
6atrabriti

पोखरा, २३ माघ। समाजसेवी स्व. टिकाराम दाहालको १०४ औं जन्मजयन्तीको अवसरमा परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्।

अन्नपूर्ण गाउँपालिका वडा नं २ ढिकुरपोखरी स्थित माछापूच्छ«े माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष भण्डारीलाई नगद १० हजार रुपैया छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो।

दाहालको स्मृतिमा गतवर्ष उनका जेठा छोरा डा. गिरधारी दाहालले विद्यालयमा एक लाख २५ हजार एक सय सात रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।

सोही अक्षयकोषको ब्याजबाट वर्षेनी एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ।
विद्यालयमा आयोजित कार्यक्रमबीच टिकारामकी धर्मपत्नी गङ्गीमाया दाहालले विद्यार्थी भण्डारीलाई छात्रवृत्ति प्रदान गरेकी थिईन्।

बुबाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सदैव स्मरणीय बनाउन अक्षयकोष स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको परिवारको भनाइ छ।

०६२ साल मंसिर २७ गते ९२ वर्षको उमेरमा दाहालको निधन भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives