समानुपातिकतर्फ ३६ प्रतिशत मत गनियो, कसलाई कति मत हेर्नुस्

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७४
chunab-750-1

काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना भएको छ।

अहिलेसम्मको मतगणनाको परिणाम अनुसार, नेकपा एमालेको अग्रता कायम छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख ६३ हजार ३ सय ५४ मतको गणना भएको छ ।

पछिल्लो अपडेटअनुसार एमालेसंगको दुरी कांग्रेसले घटाउदै छ। ८३ हजार ३ सय ६० मतले एमाले अगाडी छ ।

एमाले– २१ लाख ३३ हजार ८ सय ९०, कांग्रेस– २० लाख ४९ हजार २ सय ८, माओवादी केन्द्र–८ लाख ३२ हजार २ सय ६५, संघीय फोरम–२ लाख ७१ हजार २ सय ९७ मत पाएको छ।

त्यस्तै, विवेकशिल– २ लाख १४ हजार ३ सय ७९, राप्रपा– १ लाख ४३ हजार ५ सय ७२, राजपा– १ लाख ३८ हजार ५ सय ३१, नयाँ शक्ति– ५९ हजार २ सय २७,राप्रपा प्रजातान्त्रिक०–४७ हजार ७ सय ७९ र राष्ट्रिय जनमोर्चा–३६ हजार ८६ मत छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives