सम्पदा संरक्षणका लागि पुरातत्व विभागको चासो

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०७४
nepal-cultural-tours

पोखरा, २५ माघ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागले पोखरामा सम्पदा संरक्षण सम्वन्धि जनचेतनामूलक अभिमुखीकरण गर्ने भएको छ।

बिहीबारदेखि शुरु हुने अभिमुखीकरणमा २० जना सहभागि रहने प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जानकारी दिए।

प्रदेश नम्बर ४ लाई लक्षित गरी आयोजना गर्न लागिएको अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका अधिकृतस्तरका कर्मचारी, सम्पदा संरक्षणमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलाई सहभागि गराइने छ।

देशभित्रका मौलिक परम्परा, संस्कृति र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, सम्वद्र्वनमा जनचेतना बढाउने उदेश्यले अभिमुखीकरण गर्न लागिएको हो।

पुरातत्व विभागले २०६१ सालदेखि जिल्लाहरुमा यस किसिममा अभिमुखीकरण संचालन गर्दै आइरहेको छ। यसवर्ष कार्यक्रम संचालनका लागि कास्की र जुम्ला छनोट गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives