सरकार मुस्लिम विरोधी भएकोभन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्र न्यूज सम्वाददाता
जेठ ८, २०७५
DSC00690

पोखरा, ८ जेठ । नेपाल मुस्लिम संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

संघले विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई पठाएको हो ।

नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा मुस्लिम समुदायका महान पर्वहरु ईद, बकरइद र हजरत मुहम्मद जयन्तीलाई सार्वजनीक विदा घोषणा गर्न, मुस्लिम समुदायले सदियौंदेखि भोग चलन गर्दै आएका कब्रस्थान दर्ता गर्न, मुस्लिमहरुको प्रतिशत अनुसार क्लष्टर छुट्याए विज्ञापन गर्न निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै, सरकारले रोकेको मदर्सा दर्ता र अनुदान तत्काल फुकुवा गरी मुस्लिम बालबालिकालाई शिक्षा हासिल गर्ने वातावरण बनाउन, सरकारी तथा अर्धसरकारी निकायमा राजनीतिक नियुक्ति गर्दा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन र मुस्लिम आयोग तत्काल क्रियाशील बनाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा वर्तमान सरकारमा एक जना पनि मुस्लिम नअटाउनुले गवबन्धन सरकार मुस्लिम विरोधी रहेको निष्कर्ष सहित मुस्लिम संघ केन्द्रीय कार्यसमितिको वैशाख ३ गतेको बैठकले माग पुरा गर्न तथा हक, अधिकार सुनिश्चितताका लागि जेठ ७ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको थियो ।

आन्दोलनको स्वरुप नै ज्ञापन पत्र बुझाएका हौं संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले भने – ‘समयमा नै हाम्रो माग र अधिकारप्रति सरकार गम्भिर बनोस् भन्ने चाहन्छौं।’

Related News

सम्बन्धित समाचार

Archives

Archives