सवैलाई रुवाएर गइन् नेवि संघ नेतृ बन्दना पौडेल

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७४
28167177_1828905394073369_6041992086581978042_n

पोखरा, १० माघ । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको बिहीबार अन्त्येष्टि गरिएको छ।

पोखराको रामघाटमा उनको अन्त्येष्टि गरिएको नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए।
यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रामघाटसम्म शवयात्रा गरिएको थियो। शवयात्रामा नेपाली काँग्रेस तथा नेवि संघका नेता÷कार्यकर्ता, आफन्त र शुभेच्छुक सहभागि थिए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, काँग्रेस स्याङ्जा सभापति कमल पगेनीले पार्टीको चार चारे झण्डा र नेवि संघका नेताहरुले नेवि संघको कलम,मसाल अंकित झण्डा ओढाएर पौडेलप्रति अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए।

पौडेल सवैसँग मिल्ने, संगठनप्रति इमान्दार थिइन् नेवि संघका केन्द्रीय सदस्य ढकालले भने – ‘उनको निधनले सवैलाई रुवाएको छ।’

पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरले ठक्करदिदाँ स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बुधबार घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि आज अन्त्येष्टि गरिएको हो।

नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives