सहीद घोषणा स्वागतयोग्य — काँग्रेस वरिष्ठ नेता पौडेल

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०७४
NC-Ram-Chandra-Paudel

काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएकाहरुलाई सहीद घोषणा र क्षतिपुर्ति दिने गरी सरकारले गरेको निर्णय स्वागतयोग्य र सकारात्मक कदम भएको बताएका छन्।

उनले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस वा सबै खाले अधिनायकवाद विरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्नुपर्ने र सम्पति खोसीएकाको उचित प्रबन्ध सहित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहीद घोषणा गरी दस दस लाख रुपैया राहत दिने निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives