साँघुमुख महेन्द्रपुल बजार समितिको होली उत्सव

राष्ट्र न्यूज सम्वाददाता
फागुन १८, २०७४
28641465_1255959094503683_1278628068_o

पोखरा, १७ फागुन । साँघुमुख महेन्द्रपुल बजार समितिले होली उत्सव गरेको छ ।

समितिसँग आवद्व व्यवसायीहरुले सामुहिक होली खेलेर शुभकामना आदानप्रदान गर्दै होलीलाई उत्सवका रुपमा मनाएका हुन् ।

कार्यक्रममा कपडा व्यवसायी एशोसियशनका अध्यक्ष नवीन नापित, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष केशव खत्री लगायतले बोलेका थिए ।

कार्यक्रमलाई पवन ट्रेडर्स, न्यू प्रविन ट्रेडर्स, शिवशान्ति फेशन, शिव बस्त्रालय, ललित इण्टरप्राईजेज, आर.भि ट्रेडर्स र न्यू फेशन ट्रेडर्सले सहयोग गरेको बताइएको छ। कार्यक्रमको संयोजन राजुकुमार सिंहले गरेका थिए ।

साँघुमुख महेन्द्रपुल बजार समितिका अध्यक्ष रामेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर खरालले स्वागत र सचिव सूर्यराज त्रिपाठीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives