सिग्देल परिवारमा शोक

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ७, २०७४
mother-sanjaykanta-1068×1290

पोखरा, ७ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित सिग्देल परिवारमा शोक परेको छ ।

पृथ्वीधर सिग्देल समाजकी सदस्य मनोहरा सिग्देलको ७४ वर्षका उमेरमा निधन भएको हो।

झण्डै एक वर्ष अघि देखि क्यान्सरबाट प्रभावित उनको फिष्टेल अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

उनका तीन छोरा र चार छोरी छन्। छोरातर्फ ८ र छोरीतर्फ १० जना नाति÷नातिना छन्।

उनको पार्थिव शरिर बुधबार पोखरा रामघाटस्थित सेती नदीमा अन्त्येष्ठि गरिएको छ। शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजन सहभागि थिए ।

उनका तीन छोरा सूर्यकान्त सिग्देल, केशव सिग्देल र संजयकान्त सिग्देल विभिन्न क्षेत्रमा सक्रिय छन्। सूर्यकान्त नेपाल सरकार प्रदेश नम्बर ५ का सचिव हुन् । केशव सामाजिक क्षेत्रमा क्रियाशील छन् भने संजय कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सहित पर्यटन व्यवसायी हुन्।

उनका चार छोरी रेखा, साधना, सम्झना र सरोजा हुन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives