‘सुनका गहनामा फलाम मिसाएको छैन’

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७४
gold

पोखरा, ११ फागुन। सुनचाँदी व्यवसायी संघ कास्कीले राज्यले सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन÷ कानून तथा निर्देशिका बनाएरमात्र सुनचाँदी पसलमा बजार अनुगमन गर्न सरकारसँग माग गरेको छ। ऐन÷कानूनको अभावमा गरिने अनुगमनले व्यवसायीलाई आतंकित वनाएको संघले जनाएको छ।

सुनको शुद्धता मापन गर्ने मेसिन प्रमाणिकरणको अभाव र राज्यको प्राविधिक कमीले गर्दा आफूहरु मारमा पर्ने गरेको गुनासो सुन व्यवसायीले गर्दै आएका छन्।

संघका महासचिव मनबहादुर लाम्गादेले विज्ञप्ति प्रकाशित गरी आफूहरु अनुगमनको विरोधी नभएर सरकारले बनाएको ऐन कानून अनुसार नै अनुगमन होस् भन्ने मनसाय रहेको स्पष्ट पारेका छन्। केही दिन पहिले सुनचाँदी व्यवसायीले सुनमा फलाम मिसाएर गरगहना बनाउने गरेको प्रशासनको भनाइप्रति व्यवसायीको पूर्ण असहमति रहेको संघ कास्कीले जनाएको छ।

विज्ञप्तिमा व्यवसायीले बिक्री वितरण गरेका गरगहना उपभोक्ताले जहाँ र जहिले पनि बिक्री वितरण गर्न सक्ने भएकाले मिसावट गरी बेच्ने भन्ने कुरा हुनै नसक्ने र यसले उपभोक्तामा भ्रम मात्र सृजना गर्ने गरेको उल्लेख छ।

सुनमा शुद्धताहोस भनेर प्रशासनले बजार अनुगमन गर्नु स्वागत योग्य छ तर अनुगमन गर्दा वाणिज्य दीग्दर्शनअन्तर्गतको विज्ञ टोली सहभागी गराएरमात्र अनुगमन गरियोस् भन्ने हाम्रो माग हो, संघका महासचिव लाम्गादेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

सुनचाँदी बजार अनुगमनको निर्देशिका जारी नहँुदासम्म प्रशासनले गर्ने अनुगमन टोलीमा व्यवसायीको एकजना प्रतिनिधिलाई समेत समावेश गराउन संघले आग्रह गरेको छ।

अहिले व्यवसायीले गरगहना बनाउने सुन वाणिज्य बैंकबाट खरिद गर्ने गरेका छन्। उक्त सुन नै ९९.५० प्रतिशतमात्र शुद्ध हुने गरेको व्यवसायीको भनाइ रहेको छ। ‘सुन पोल्दा वा गलाउँदा दुई प्रतिशतसम्म यसको गुणस्तरमा हस आउन सक्छ। यस्लाई राज्यले क्षम्य नगर्ने हो भने राज्यले नै हल मार्किङको व्यवस्था गरिदिनुपर्छ’–विज्ञप्तिमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives