सुरजलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
पौष २, २०७५
48360771_360405058099245_1751448158199611392_n

पोखरा, १ पुस । आर्थिक अभावमा रहेका प्यारालाईसिस बिरामी गोरखा धार्चे गाउँपालिका वडा नं ५ का ११ वर्षिय सुरज गुरुङको उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।

गोरखा जिल्ला गुरुङ समाज युकेले उनलाई एक लाख ७१ हजार नौ सय ३० रुपैया आर्थिक सहयोग गरेको हो ।

समाजसेवी टेकबहादुर गुरुङको पहलमा समाजले उनलाई सहयोग उपलब्ध गराएको बताइएको छ ।

पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ र स्पर्श आयुर्वेद अस्पतालका प्रवन्ध निर्देशक गजेन्द्र थापाको उपस्थितिमा समाजसेवी गुरुङले आइतबार सुरजका बुबा पूर्णबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका छन् ।

सुरजको पोखरा न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पतालमा उपचार भै रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives