सृजनशीलद्वारा विद्यार्थीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असार २५, २०७५
srijansil mahila samuha

पोखरा, २४ असार । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोल स्थित सृजनशील महिला समूहले एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

समूहले कृष्मा पोखरेल, आत्मनन्द पौडेल, सुप्रिया कोइराला, विजय पौडेल र प्रसन्न अधिकारीलाई सम्मान गरेको कार्यक्रम संयोजक कल्पना पौड्यालले जानकारी दिईन् ।

विद्यार्थीलाई सम्मान गर्दै बुढानिलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बहादुर कोइरालाले यस्तो सम्मानले विद्यार्थीहरुमा उर्जा थपिने उल्लेख गरे ।

सम्मानित विद्यार्थी कृष्मा पोखरेलले सम्मानले असल नागरिक बन्नका लागि प्रेरित गरेको बताईन् । कार्यक्रममा संस्थाकी सदस्य इन्दु कोइरालाले पनि बोलेकी थिईन् ।

सृजनशील महिला समूहकी अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य इन्दु कोइरालाले स्वागत र सचिव कल्पना गौतमले संचालन गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives