स्थापना दिवसमा कर सहयोगी श्रमिक संगठनद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १७, २०७५
40615867_458678754624799_1892283627643863040_n

पोखरा, १६ भदौ । १२ औं स्थापना दिवसको अवसरमा कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समितिले शनिवार सहयोग हस्तान्तरण गरेको छ ।

संगठनले पोखरा महानगरपालिका वडा नं १३ मा हालै संचालनमा ल्याइएको मस्तिष्क पक्षघात संरक्षक समूहको दिवा सेवा केन्द्रलाई सहयोग गरेको हो ।

संगठनले एक थान टिभि, एक थान दराज सहित पाँच हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेती, संगठनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, सचिव शंकर ढुङ्गाना लगायतले केन्द्रलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले ठूलो मन हुनेहरु नै बौद्विक अपाङ्ताको सेवामा जुट्न सक्ने बताए ।

कर सहयोगी श्रमिक संगठन नेपालका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेलले सो केन्द्रलाई सहयोग गर्न सवैलाई आग्रह गरे ।

संगठनका सचिव शंकर ढुङ्गानाले १२ औं स्थापना दिवस बालबालिकालाई सहयोग गरी मनाउने निर्णय अनुसार बौद्विक अपाङ्गता बालबालिकाका लागि सहयोग गरिएको जानकारी दिए ।

मस्तिष्क पक्षघात संरक्षक समूहको दिवा सेवा केन्द्रका अध्यक्ष रमेश सुवेदीले बौद्विक अपाङ्गता भएकाहरुको सेवा गर्ने उदेश्यले केन्द्र संचालन गरिएको बताए ।

कार्यक्रममा कर सहयोगी श्रमिक संगठन नेपाल कास्कीका निवर्तमान अध्यक्ष सुदीप अधिकारी र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोलेका थिए ।

कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समितिका अध्यक्ष बुद्विराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विजयकुमार यादवले स्वागत र सचिव लोकनाथ अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives