स्ववियु जनप्रियको विविध कार्यक्रम शुरु

राष्ट्र न्यूज सम्वाददाता
फागुन १५, २०७४
28511929_2139214472772383_80432120_n

पोखरा, १५ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम मङ्गलबारदेखि शुरु भएको छ।

कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्।

चार दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार क्याम्पस परिषरमा रक्तदान कार्यक्रम गरिने छ।

स्ववियु जनप्रियका सभापति आशिक गुरुङले रक्तदान कार्यक्रममा सहभागिताका लागि सवैलाई अनुरोध गरेका छन्।

स्ववियुले १७ गते बिहीबार बालआश्रम तथा बृद्वाश्रमलाई सहयोग गर्ने र १८ गते शुक्रबार वार्षिकोत्सव मूल समारोह गर्ने जनाएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives