स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्दै नेलम्बो नेपाल

राष्ट्र न्यूज सम्वाददाता
जेठ २०, २०७७
sahayog

पोखरा, २० जेठ । नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री, औषधी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउ पोखरा ४ स्थित नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा सहयोग गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक किसन कोइरालाले माछापुच्छ«े गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गाना र वडा नं. ७ का वडाध्यक्ष समबहादुर गुरुङलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बो नेपालले माच्छापुच्छे्र गाँउपालिका वडा नं. ६, धितालमा ४४ हजार ७ सय ८ रुपैया बराबरको पिपिइलगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल ग्लब्स , हातधुने साबुन सहयोग गरेको हो ।

त्यसैगरी सोही गाँउपालिकाको वडा नं. ७ धम्पुसमा अवस्थित स्वास्थ्य चौकीलाई ६५ हजार ८ सय ३४ रुपैया बराबरको पिपिइलगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल ग्लब्स , हातधुने साबुन सहयोग गरेको हो ।

त्यस्तै वडा नंंं. ६ मा बसोबास गर्ने पार्वती नेपाली र दिपेन्द्र नेपालीलाई ५ हजार ३७ रुपैया बराबरको नियमित रुपमा खाने औषधी र खाद्यान्य सामाग्री सहयोग गरेको नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए । नेलम्बो नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माछापुच्छ«े गाउँपालिका काम गर्दै आएको छ।

यसैगरी पोखरा ३ मा पनि स्वास्थ्य समाग्री वितरण गरिएको छ । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक किसन कोइरालाले वडाध्यक्ष रविन्सन प्रजुलाई १२ हजार ९ सय ८५ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives