स्व. अधिकारीको शोकसभा

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ८, २०७५
sok sava

पोखरा, ८ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का नेपाली काँग्रेसका क्रियाशील सदस्य स्व. प्यामकुमारी अधिकारीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा शनिवार शोकसभा गरिएको छ ।

शोकसभामा काँग्रेसका नेता तथा कार्यकर्ता, परिवारजन, आफन्त र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेस नेतृ सरस्वती गुरुङले अग्रज नेता तथा कार्यकर्ताले पार्टीका लागि पु¥याएको योगदानलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिइन ।

शोकसभामा नेपाली काँग्रेस कास्कीकी जिल्ला सदस्य रंगिला आचार्य र नेपाल महिला संघ पोखरा लेखनाथ सभापति माया बरालले बोलेका थिए ।

नेपाली काँग्रेसका नेता जगत पहारीको अध्यक्षतामा भएको कार्यक्रम नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives