हज यात्रीलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार ३१, २०७६
afjal

पोखरा, ३१ असार । हज यात्री पोखरा–१३ मियाँपाटनका सकुरद्दिन मियाँलाई आर्थिक सहयोग गरिएको छ ।

हाल लण्डन निवासी टिना थापाले धर्म भाइ नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलि मियाँलाई हज यात्राका लागि पठाएको रकम अफजलले सकुरद्दिनलाई सहयोग गरेका हुन् ।

उनलाई तीन लाख आर्थिक सहयोग गरिएको हो ।सकुरद्दिनभारी बोकेर जीवन निर्वाह गर्दै आइरहेका थिए । हज यात्रामा निस्कन पाएको भन्दै सकुरद्दिनले खुशी व्यक्त गरे।

मियाँपाटनमा सोमवार आयोजित कार्यक्रम बीच उनलाई बिदाइ गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives