हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७५
31525042_10216153200132592_4118873593914327040_n

पोखरा , २२ वैशाख । भुईमा लचक्क भिजेका पतिङगर, न कुनै पैतालाका डोब, न कुनै डोर्याठो । काँडाले जेलिएर, झाडीले ढपक्कै ढाकेको, वर्षाैदेखि मानिस नहिडे जस्तो पैदल मार्गमा शनिबार एका बिहानै पोखरेली पत्रकार महिलाहरु पुगे ।

बाटो खोज्दै अघि बढ्ने क्रममा कोही झाडी पन्छाउदै हिडे त कोही काँडा घारी छिचोल्दै अघि बढे । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे,मेथलाङ हुदै सराङकोट पुगेका हुन् ।

जैविक विविधता, भौगोलिक विविधता ,ताल र हिमालको सुन्दर दृष्य अवलोकन गर्दै पत्रकार महिलाको समूहले करिब आठ किलोमिटर लस्ट ट्रेल हाइकिङ गरेको पदमार्ग समितिका निर्वतमान अध्यक्ष बिष्णुहरी शर्माले बताए ।

नेपाल पर्यटन वोर्ड प्रदेश नम्बर ४ का प्रमुख सूर्य थपलियाले पोखरा आसपासमा १२ भन्दा बढी लस्ट ट्र«ेल रहेको जानकारी दिदै यस्ता कार्यक्रमले पर्यटन प्रर्वधनमा सकारात्मक प्रभाव पार्ने र हराएका ट्र«ेलको खोजी गरी नयाँ गन्तब्यको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

क्रियायाशील पत्रकार महिला कास्कीको संयोजन तथा नेपाल पर्यटन वोर्डको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पोखराका विभिन्न संचार माध्यममा क्रियाशील पत्रकार महिलाहरुको सहभागीता रहेको क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिइन् ।

कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा पनि पर्यटन वोर्डसँगको सहकार्यमा नेपालका विभिन्न ठाँउमा पत्रकार महिलाहरुलाइ अवलोकन भ्रमण गराइने योजना रहेको क्रियाशील पत्रकार महिलाका केन्द्रीय सदस्य एवं वान का महासचिब दुर्गा अधिकारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives