होलीमा पोखरामा दुःखद् घटना, सावधानी अपनाऔ हैं

राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७४
590620334

पोखरा, १७ फागुन । होलीमा पोखरामा दुःखद् घटना घटेको छ ।

जताततै होलीको रमाइलो गरिएका बेला पोखरामा भने होली खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

होली खेल्ने क्रममा रेग्मी आफ्नै घरको दुई तलामाथिको छतबाट खसेका थिए ।

टाउँँकोमा गम्भिर चोट लागेका रेग्मीको फिस्टेल अस्पतामा उपचारका क्रममा मृत्यु भएको हो ।

पहाडी जिल्लाहरुमा अहिले होली खेल्ने क्रम जारी छ भने भोलि तराईका जिल्लामा हर्षोल्लासका साथ होली खेलिदै छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives