११ औं बीबीए कपको उपाधि जनप्रियलाई

राष्ट्र न्यूज सम्वाददाता
माघ १२, २०७४
27329634_2097725260254638_64063787_o

पोखरा, १२ माघ। पोखराको जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ।

जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १–० गोलले हराउँदै बीबीए कपको उपाधि जितेको हो। जनप्रियले उपाधिसहित नगद ७० हजार र ट्रफी हात पा¥यो। उपविजेता पृथ्वीनारायण क्याम्पसले भने नगद ३५ हजारसहित ट्रफी हात पा¥यो।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आशिक गुरुङले जानकारी दिए।

प्रतियोगिताको ११ औं संस्करणसम्म आईपुग्दा पोखराको दुबै क्याम्पस पहिलो पटक फाइनलमा पुगेको हो।

Related News

सम्बन्धित समाचार

Archives

Archives