८५ वर्षमा विवाह

राष्ट्र न्यूज सम्वाददाता
पौष १५, २०७४
ba and aama (1)

पोखरा, १५ पुस। अन्नपूर्ण गाउँपालिका– ३, काँडे, जगताका ८५ वर्षे बृद्घ मनबहादुर गुरुङले विवाह गरेका छन ।

उनले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि भन्दै विवाह गरेको बताए। गुरुङले सोही गाउँपालिकाकै वडा नं. ११ घान्द्रुक, तल्लोगाउँ निवासी ६५ वर्षे मनकुमारी गुरुङसँग विवाह गरेका हुन ।

यस अघिकी श्रीमतीको केही वर्ष अगाडि मृत्यु भएपछि स्वास्थ्य र सुरक्षाका लागि भन्दै आफुले पुन विहे गरेको उनले सुनाए ।उनले बुढेसकालमा एक अर्कालाई सेवा गर्ने भावका साथ विवाह गरेको पनि जनाए ।

बृद्घ गुरुङसँग बिवाह गरेकी मनकुमारीले दुबै एकल भएकाले जीवन साथीको खोजीमा बुढेसकालमा पनि विवाह गरेको बताएकी छन ।

गुरुङ दम्पतिलाई उनकी पनातिनी काइना गुरुङले बौद्घ परम्परा अनुसार खादा लगाइ घर भित्राएकी छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives