नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)को चुनावी घोषणापत्र सार्वजनिक भएको छ।
बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै उनले काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की १ बाट काँग्रेसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका मन्त्री थापाले घोषणपत्र हुवहु कार्यान्वयन गर्ने बताए ।
प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियारले यस क्षेत्रको शैक्षिक, भौतिक, पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रतिनिधित्व गर्दै त्यसलाई मुर्त रुप दिनका लागि घोषणापत्र तयार गरिएको बताए ।
उनले कास्की १(क) कृषि, पर्यटन, जलश्रोतको हिसावले पनि निकै महत्वपूर्ण रहेको भन्दै त्यसको विकास र प्रवद्र्धनमा आफ्नो अगुवाई रहने प्रतिवद्धता पनि जनाए । उनले यस क्षेत्रमा भएका सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधीसभा समानुपातिक तर्फका उम्मेदवार आनन्दराज मुल्मीले देशको स्थायित्व र समृद्धीका लागि काँग्रेसको विकल्प नरहेको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न