पोखरा, १ मंसिर। लोकदोहोरी गायक धुव्र शर्माले नयाँ गीत दुनियाले थाहै पाउदैननन्’ दर्शक श्रोतामाझ पस्केका छन्।
लय तथा शब्द संकलन शर्मालेनै गरेको गीतमा आवाजमा देर्वी घर्तीको साथ मिलेको छ । काठमाण्डौको चोभारमा छायांकन गरिएको गीतको भिडियोलाई समेत दर्शकले मन पराएकोमा उनी मख्ख छन् । विक्रम चौहानले निर्देशन तथा मिलन वि.क.ले सम्पादन गरेको गीतमा मोडलको रुपमा धुव्र र आशा खड्का देखिएका छन्। गीत आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
पर्वत जिल्लामा जन्मिएका शर्माको लोक दोहोरी गीततर्फको रुची बाल्यकालदेखिनै थियो । गाउँघरमा हुने देउसीभैलो तथा स्कुलमा हुने कार्यक्रममा गीत सुनाउदै उनको यात्रा सुरु भयो । एस.एल.सी. उत्तिर्ण भए लगत्तै रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट स्वर परिक्षा उत्र्तिण गरेको उनी बताउँछन्।
उनले पर्वत राम्चे डिल, झुप्पा अगुंरको गित रेकर्ड गराए। यी गीतले उनलाई लोकदाहोरी पारखीले चिन्न थाले । लगत्तै २०६१ सालमा विसहजारी ताल लोक दोहोरी एल्वम बजारमा ल्याए । यो गीतले उनले बेग्लै पहिचान बनायो । उनका साउदी कतार बाइबाइ, लुग लुग जाडो बनायो गीत समेत दर्शक श्रोताले रुचाए।
उनी गायनमा मात्र नभएर रेडियोमा वोल्ने कलाका कारण पनि श्रोतामाझ परिचित थिए । उनले रेडियो पर्वत तथा रेडियो अर्पणमा स्टेशन म्यानेजर भएर काम गरिसकेका छन् । हाल तनहुँ दुलेगौडाको पञ्चमुनीदेव माविमा भेटेनरी प्रशिक्षकको रुपमा कार्यरत उनी जागीरसँगै फुर्सदको समय गीतसंगीतको क्षेत्रमा दिदै निरन्तरता दिने बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पोखरा–२५ वडा कार्यालय हेमजाले फागुन ९ गते बाल नृत्य प्रतियोगिता गर्ने
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
राजस्थानी नृत्यमा झुमे पोखरेली
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने