काठमाडाै – आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ ।
शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७, ज्योती पण्डेले २१, काजल श्रेष्ठले १४ र इन्दुवर्माले ६ रन योगदान गरे। नेपालविरुद्ध जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ र मात्रै बनाउन सक्यो ।
मलेसियालाई कम स्कोरमा रोक्ने क्रममा नेपालकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् ।
मलेसियाका लागि इमिलिया एलिएनी सर्वाधिक २४ र जायामी स्यामिमीले १६ रन बनाइन् । अब नेपालले अाइतवार चीनसँग खेल्नेछ ।
स्रोत ः नागरिक न्यूज
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पुरा, प्रतिययोगिता भोलिदेखि
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने